नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । मतदानबाट बारकाे तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित हुन लागेको हो ।
वि.सं. २०१३ सालमा स्थापित नेपाल बारले मतदानबाट आफ्नो २५ औंँ नेतृत्व चयन गर्दैछ । निर्वाचनमा लोकतान्क्रिक समूहबाट अधिबक्ता सुनीलकुमार पोखरेल र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ प्रतिस्पर्धामा छन् । दुवै समूह आफ्नो पक्षका असन्तुष्टहरूलाई सहमत गराउने र अर्को पक्षका असन्तुष्टहरूलाई आफूतिर आकर्षित गर्ने रणनीतिमा छन् ।
देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र ६ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् ।
काठमाडौं उपत्यकाभित्र सर्बोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान केन्द्र रहने छ । २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन—तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी काठमाडाैं बाहिर ३४ मतदान केन्द्र तोकिएको छ ।
बारको निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको निर्वाचन समितिका संयोजक दामोदर खडकाले जानकारी दिए ।





























प्रतिक्रिया