काठमाडौँ
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रूपमा विद्युतको मिटर वितरण कार्य सुरु गरेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिक रूपमा विपन्न समुदायलाई निःशुल्क रूपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रूपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
अभियानकै रूपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आफ्ना वितरण केन्द्रमार्फत सुरु गरेको छ । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्र मार्फत विपन्नवर्गलाई निःशुल्क मिटर जडान सुरु गरेको जानकारी दिएको छ ।
विपन्नवर्गले प्राधिकरणको मापदण्ड अनुसारको पाँच देखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज विद्युत् मिटर, एमसीबी बक्स निःशुल्क पाउनेछन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिनेछ ।
मिटरको १ हजार ९३५, एमसीबीको मूल्य, अधिकतम दुईवटा पोलसम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा ३ हजारदेखि ३ हजार ५ सय बराबरको सामान वर्गले निःशुल्क पाउनेछन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी मार्फत विद्युत् प्रयोग गर्दै आएका थिए ।
राजधानीबाट































प्रतिक्रिया