अष्ट्रेलियामा नेपालीको सवारी दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

अष्ट्रेलियामा नेपालीको सवारी दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियामा  नेपालीले चलाएको कार दुर्घटना भएको छ। दुर्घटनामा एक जना नेपालीको मृत्यु भएको छ भने ४ जना नेपाली घाइते भएका छन्।  सिड्नीबाट अल्बरीतर्फ गइरहेको कार बिहीबार दुर्घटना हुँदा आर्यन आचार्यको मृत्यु भएको छ भने चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् । आचार्य कारको अघिल्लो सिटमा मृत अबस्थामा भेटिएकोन्यू साउथ वेल्स प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका कारचालक बलराम पराजुलीलाई अल्बरी अस्पतालमा उपचार हुन नसकेपछि क्यानबेरा लगिएको छ । त्यसैगरी पछिल्लो सिटमा सवार अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको छ । उनीहरूलाई कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान करिब साढे सात बजे ह्युम हाइवेको मुलेनगन्ड्रा भन्ने ठाउँनजिक दुर्घटना भएको हो।

Skip This
Skip This
Logo