काठमाडौंँ
सत्तारूढ दल नेकपाको जिल्ला तहको एकता नटुंगिँदै ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ । गण्डकीका जिल्ला बाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो ।
प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटा, प्रदेश २ का आठै जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको भागबन्डा पनि करिब टुंगिएको छ । प्रदेश २ मा दुवै पूर्ववत् घटकहरूलाई बराबरी प्रतिनिधित्व गराउने गरी सैद्धान्तिक सहमति भएको छ । ‘हामीले पपुलर भोटका आधारमा एकताको काम टुंग्याउने सहमति गरेका छौं’, नेकपा केन्द्रीय सदस्यसमेत रहेका नेता गोपाल ठाकुरले भने, ‘ब्ल्याक एन्ड ह्वाइट सहमति भने भइसकेको छैन । तर मोटामोटी एकताको सैद्धान्तिक आधार बनाएका छौं।’
प्रदेश ३ को दोलखा, सिन्धुली, रसुवा, रामेछाप र ललितपुरका स्थानीय तहमा एकताको भागबन्डा टुंगिएको छ । गण्डकी प्रदेशले भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने तयारी गरेपछि कुरा मिलेको छैन। उक्त प्रदेशका कुनै पनि जिल्लामा स्थानीय तहको एकतामा भागबन्डा टुंगिएको छैन ।
प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, परासी, पाल्पा, गुल्मी, अर्खाघाँची, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, जाजरकोट र मुगुका स्थानीय तहमा भागबन्डासहितको एकता प्रक्रिया टुंगोमा पुगेको छ । सुदुरपश्चिम प्रदेशको कैलाली, डडेलधरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया