राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौंँ

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम उहाँले बुधबार सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo