नेपाल–जापान सम्बन्ध नागरिक तहसम्म

नेपाल–जापान सम्बन्ध नागरिक तहसम्म


काठमाडौंँ

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल र जापानका नगर–नगरका बीचमा भएको आपसी सम्बन्धलाई नागरिकको तहसम्म विस्तार गर्नुपर्ने बताउनु भएको छ ।

महानगरको कार्यालय सुन्धारामा नेपालका लागि जापानका राजदूत मासामिची साइगोसँग भएको भेटमा उहाँले महानगरसँग भगिनी सम्बन्ध भएको मात्सुमोतो नगरका नागरिकलाई आउँदो इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गर्नुभयो ।

सो अवसरमा राजदूत साइगोले दुई देशबीचको प्रगाढ सम्बन्ध जनस्तरसम्म पु¥याउन हातेमालो गर्ने र जापानले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई विस्तार गर्दै लगिने बताउनुभएको महानगरले जनाएको छ ।
रासस

Logo