संसदीय उपसमितिको सुझाव : माविको प्रधानाध्यापक हुन एमफिल उत्तीर्ण हुनुपर्ने

संसदीय उपसमितिको सुझाव : माविको प्रधानाध्यापक हुन एमफिल उत्तीर्ण हुनुपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित शिक्षा, विज्ञान प्रविधि उपसमितिले आधारभूत तहमा प्रधानाध्यापक हुन स्नातकोतर तह पास गरेको र माध्यमिक तहमा प्रधानाध्यापक हुन एमफिल उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ । माध्यमिक तहमा ११ र १२ कक्षा हुने भएपछि उपसमितिले यस्तो सुझाव दिएको हो ।

विद्यालय सुधारका विषयमा सुझाव दिन गठित उपसमितिले आफ्नो प्रतिवेदन मंगलबार समितिसमक्ष बुझाएको छ । उपसमितिले माध्यमिक तहको प्रधानाध्यापक अंग्रेजी, गणित वा विज्ञान विषय लिएको र शैक्षिक नेतृत्व सम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गर्न सुझाएको छ । समितिका सदस्य उमेश श्रेष्ठ संयोजक रहेको ८ सदस्यीय समितिले शिक्षाक्षेत्रका विज्ञसँगको छलफल गरी प्रतिवेदन तयार पारेको हो ।

उपसमितिले विद्यालय सञ्चालन, परीक्षा मूल्यांकन, पाठ्यक्रम मूल्यांकन, शिक्षामा लगानी, शिक्षक नियुक्तिका विषयमासमेत सुझाव दिएको छ । उपसमितिले शिक्षक सेवा आयोगबाट छनोट भएका मध्येबाट शिक्षक नियुक्त हुने व्यवस्था मिलाउन सुझाव दिएको छ । प्रत्येक शिक्षकले अनिवार्य शिक्षण अनुमतिपत्र लिनुपर्ने र अध्यापन अनुमतिपत्र प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्न पनि उपसमितिले सुझाएको छ ।
नागरिकबाट

Logo