आजदेखि मौसममा सुधार आउने सम्भावना

आजदेखि मौसममा सुधार आउने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा मंगलबार काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जन सहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट हिजोदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज सम्म कायम रहनेछ ।

बुधबार ( आज ) देखि मौसम खुला हुने बताइएको छ । आज पूर्वी पहाडी भेगमा मौसम केही प्रभावित हुने र अन्य भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार हिजो काठमाडौँ उपत्यकामा १४.० मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै पोखरामा १३.९ मिलिमिटर, नेपालगञ्जमा १७.७ मिलिमिटर र विराटनगरमा १६.६ मिलिमिटर वर्षा भएको छ ।

Logo