केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

नागरिकताको बहसदेखि प्रचण्डको भ्रमणसम्म

नागरिकताको बहसदेखि प्रचण्डको भ्रमणसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

विद्यार्थीले ग्रेड ‘डी’ र ‘ई’ ल्याए शिक्षकलाई बर्खास्त गर्ने प्रस्ताव

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । शिक्षा सम्बन्धी विभिन्न विषयलाई समेत तयार पारिएको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएका हुन् । प्रतिवेदनमा सरकारी विद्यालयको सुधार गर्ने वित्तिकै निजी क्षेत्रका विद्यालयको आवश्यक्ता नै नपर्ने निष्कर्ष निकालिएको छ । शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा पेश गरिएको उपसमितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

विप्लवलाई सालीको पत्र, ‘भेना हतियार देखाएर नतर्साउनुहोस्, डर लाग्छ’

प्रतिबन्धित नेकपालाई एक समाजसेवीले मार्मिक पत्र लेखेकी छन् । समाजसेवी जुनु पुन मगरले अर्ध भूमिगत रहेका नेत्र बिक्रम चन्द ‘विप्लब’ लाई हतियार देखाएर सर्बसाधारण नतर्साउन अनुरोध गरेकी हुन् । सामाजिक सञ्जाल मार्फत उनले विप्लवलाई पत्र लेख्दै सेना, पुलिस र सर्बसाधारणलाई तार्गेट नगर्न अनुरोध गरेकी हुन् ।

जोन्स हस्पिटलमा फोटोसेसन, जी वेल्ससँग ह्याण्डसेक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत चैत ३ गते पत्नीसहित अमेरिका प्रस्थान गरे । प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पीएसपी)को उपचारका लागि पत्नी सीता दाहाललाई लिएर प्रचण्ड अमेरिका पुगेका थिए । ‘अमेरिका गएपछि केही ठीक हुन्थ्यो कि भनेर उनले सारै जिद्दी गर्न थालेपछि मलाई पनि मनोवैज्ञानिक रुपमा एक पटक पुगौँ भन्ने लाग्यो’ त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा प्रचण्डले भनेका थिए । उनी स्वकीय सचिव तथा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहित इतिहाद एयरवेजमार्फत अमेरिका उडेका थिए ।

काठमाडौँको आकाशमा ३ घण्टासम्म प्लेन घुमेको घुम्यै

काठमाडौँको आकाशमा मंगलबार दिउँसो झन्डै ३ घण्टा हवाईजहाज घुमेको घुम्यै भयो। हवाईजहाजको आवाज र दृश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका स्थानीयलाई त झनै अचम्मित नै बनायो। एकाएक हवाईजहाज घुम्न थालेपछि धेरैले दुर्घटनाको अड्कलबाजी समेत गर्न भ्याए। तर, यसरी ३ घण्टासम्म विमानस्थल अबरुद्धको कारण भने सामान्य छ । ह्याङ्गरमा लैजाने क्रममा नेपाल एयरलाइन्सको विमान ‘ट्याक्सी वे’ मा फस्यो । उक्त जहाजका कारण विमानस्थलको आन्तरिक र बाह्य उडान प्रभावित भएको हो ।

प्रहरीकै फेसबुक पेजमा अस्लिल तस्बिर पोष्ट

अस्लिल तस्बिर पोष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय पारिएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग (सीआईबी) ले अश्लील तस्बिर पोस्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय बनाएको हो ।

विश्वका कुन देशले दिन्छ ‘विदेशी ज्वाई’ लाई नागरिकता ?

यतिबेला नेपालमा नागरिकता सम्बन्धि विवाद अन्तिम बिन्दुमा पुगेको छ । समानताका आधारमा महिला पुरुषलाई नै समान मान्यता दिँदैं नागरिकता प्रदान गर्नुपर्ने विषय गम्भीर रुपमा उठेको हो । नेपालको संविधानले महिला पुरुषलाई समान अधिकार प्रदान गरेको छ । संविधानलाई नै आधार मानेर नागरिकता सम्बन्धी ऐन बन्दैंछ । जो अझै छलफलकै क्रममा छन् ।

यतिबेला फेरि अर्को विषयले प्रवेश पाएको छ । त्यो हो ‘विदेशी ज्वाईलाई नेपाली नागरिकता ।’ विशेषगरी केही मुलधारका मिडियाले यो विषयलाई उठान गरेका छन् । उनीहरुको प्रश्न के छ भने, ‘कुनै नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरेमा विदेशी बुहारीले एक महिनामै अंगिकृत नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर नेपालमै बस्दा किन नपाउने ?’ यसको अर्थ विदेशी ज्वाईलाई पनि नेपालमा बसोबास गरे विदेशी बुहारी जस्तै समान व्यवहार गर्नुपर्‍यो । के यस्तो गर्न नेपालमा तत्काल सम्भव छ ? र विश्वका अन्य देशमा नागरिकतासम्बन्धी व्यवस्था कस्तो छ ? आज यहि विषयमा चर्चा गर्दैछौं ।

जति चलायो त्यति नै कमायो (भिडियोमा)

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक

भोलिसम्म मेघ गर्जनसहित वर्षा हुने

स्मार्टकार्ड खरीद प्रक्रिया अगाडि बढ्यो

विप्लव माओवादीका जिल्ला इञ्चार्जसहित २ जना पक्राउ

चाल्नाखेल बस दुर्घटना: ३ जनाको अवस्था गम्भीर, चालक फरार

एसईईको प्रवेशपत्र लिन गएको छोरो एक सातादेखि वेपत्ता

आफ्नै श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई ३ वर्ष जेल सजाय

इन्जिनियर र शेयर लगानीकर्तामाथि प्रहरीद्वारा लठ्ठी प्रहार (भिडियोमा)

नम्बर वानसँग भिड्न तयार छुःसलिनमान बनिया (भिडियोमा)

पढ्नका लागि भन्दै गगन थापा अमेरिका गए

कांग्रेस अनुशासन समितिको आग्रह- ‘चैतभित्र उजुरी दिनु’

मेक्सिको सीमामा पर्खाल लगाउन एक अर्ब डलर निकासा

भारतलाई पाकिस्तानको सुझाव, ‘हिन्दु समान हुन्, तिम्रो देशको ख्याल गर’

आईपीएल: सन्दीपको टिम दिल्ली र चेन्नई खेल्दै

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo