काठमाडौँको आकाशमा मंगलबार दिउँसो झन्डै ३ घण्टा हवाईजहाज घुमेको घुम्यै भयो। हवाईजहाजको आवाज र दृश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका स्थानीयलाई त झनै अचम्मित नै बनायो।
एकाएक हवाईजहाज घुम्न थालेपछि धेरैले दुर्घटनाको अड्कलबाजी समेत गर्न भ्याए। तर, यसरी ३ घण्टासम्म विमानस्थल अबरुद्धको कारण भने सामान्य छ । ह्याङ्गरमा लैजाने क्रममा नेपाल एयरलाइन्सको विमान ‘ट्याक्सी वे’ मा फस्यो । उक्त जहाजका कारण विमानस्थलको आन्तरिक र बाह्य उडान प्रभावित भएको हो ।
जसका कारण ३ घण्टासम्म विमानस्थलका उडान र अवतरण प्रभावित बन्न पुग्यो । धावनमार्ग अवरूद्ध हुंदा गन्तब्यबाट काठमाडौं आउँदै गरेका विमानहरू आकाशमा लामो समय होल्ड हुन पुग्यो ।
अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । तर पनि सबै जहाज अवतरण हुन् सकेको छैन। करिब साढे ४ बजे अवतरण हुनुपर्ने चाइना एयरलाइन्सको जहाज ५ राउण्ड घुमिसकेको छ। त्यसको अनुमानित अवतरण करिब सवा ५ बजे हुने देखिन्छ।































प्रतिक्रिया