डेटिङ जान समस्या भएपछि आमाले ७ दिनकी छोरी बेचिदिइन्

डेटिङ जान समस्या भएपछि आमाले ७ दिनकी छोरी बेचिदिइन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । एक महिलाले डेटिङ जान समस्या भएपछि ७ दिनकी छोरी बेचेकी छन् । यो खबर सुन्दा अचम्म र झुटा लाग्न सक्छ । तर रुसमा एक महिलाले आफ्नै ७ दिनकी छोरी बेचिदिएकी हुन् ।

बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएको भन्दै ति महिलाले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी हुन् । प्रहरीले २३ वर्षीया ति महिलालाई नियन्त्रणमा लिएको डेली मेलले जनाएको छ ।

उनी बच्चा बेच्न भन्दै मस्कोबाट उफामा आएकी थिईन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउण्डमा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको हो ।

केही समय अघि चीनमा एक महिलाले सपिङ गर्नको लागि भन्दै १९ महिनाकी छोरीलाई बेचेकी थिईन् । मस या नाम गरेकी ति महिलाले ५८०० डलरमा सपिङ गर्नको लागि भन्दै छोरी बेचेकी थिईन् ।

Skip This
Skip This
Logo