प्रहरीले दुई क्षेत्रका आन्दोलनकर्तामाथि बल प्रयोग गरेको छ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुमाथि प्रहरीले बल प्रयोग गर्दै उनीहरुलाई नियन्त्रणमा लियो । सेयर लगानीकर्ता दबाब समुह मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि पनि प्रहरीले लाठी चार्ज गरेको छ । सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन ।





























प्रतिक्रिया