प्रहरीकै फेसबुक पेजमा अस्लिल तस्बिर पोष्ट

प्रहरीकै फेसबुक पेजमा अस्लिल तस्बिर पोष्ट

केन्द्रबिन्दु
0
Shares

गोरखा । अस्लिल तस्बिर पोष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय पारिएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग (सीआईबी) ले अश्लील तस्बिर पोस्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा एकाएक अश्लील तस्बिरहरु पोस्ट हुँदैं आएका थिए । सीआईबीको सहयोगमा सो फेसबुक पेज निस्क्रिय बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । धेरै मिहिनेतपछि पेज निस्क्रिय पारिएको भन्दै त्यसो गर्नेको खोजी भईरहेको एसपी रावलको भनाई छ ।

सोमबार साँझदेखि देखा पर्न थालेका अश्लील तस्बिरहरु मंगलबार बिहानसम्म ९ बजेसम्म यथावत थिए । सो पेज सन् २०१६ देखि सक्रिय थिएन । यसअघि जिप्रका गोरखामा कार्यरतमध्ये कसैले खोलेको सो पेजको पासवर्डसमेत कसैसँग थिएन् । कसले खोलेको भन्ने पत्तो पनि लागेन ।

फेसबुक पेजमा एक्कासी अश्लील तस्बिर पोस्ट भएपछि प्रहरीलाई तनाब भएको थियो । लामो प्रयासपछि पेज नै निस्क्रिय पारिएको प्रहरीले जनाएको छ । उक्त फेसबुक पेजमा २०१६ अक्टोबर ४ मा प्रहरी दिवसका अवसरमा आयोजित खेलकुद कार्यक्रमका तस्वीर मात्रै पोस्ट गरिएका थिए ।

त्यसयता करिब ३ वर्षपछि पेजमा एकाएक प्रोफाइल र कभर तस्वीर परिवर्तन गर्दै युवतीको नग्न तस्बिर राखिएको थियो । यो फेसबुक पेजमा ६ हजार दुईसय ४ जनाले लाइक गरेका थिए ।

Logo