काठमाडौँको चाल्नाखेलमा भएको बस दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन्।
दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी ३५ जना घाइते भएका छन् ।
प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया