८ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ

८ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

भद्रपुर

आठ किलो चाँदीका तयारी गहनासहित सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल जलपाइगुडी बस्ने बर्ष ३० को मिठू सेन रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

भारतबाट नेपाल आउदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा सेनले कपडामा बेरेर झोलामा ल्याउदै गरेको अवस्थामा आइतबार दिउँसो सशस्त्र प्रहरी राजस्व गुल्म काँकडभिट्टाले पक्राउ गरेको थियोे ।

उनको साथबाट प्रहरीले तयारी गहना पायल र झुम्का ४ रोलको ८ किलो फेला पारेको डिएसपी ओजेस ओलीले जानकारी दिए । बरामद चाँदीको मूल्य तीन लाख चौसठी हजार आठ सय त्रियासी रहेको नेपाल सुन चाँदी व्यवसायी सङ्घले जनाएको छ । सेन र चाँदीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको डिएसपी आलीले जनाए ।

त्यसैगरि वडा प्रहरी कार्यालय भद्रपुरले ५ लाख मूल्य बराबरको अवैध लत्ता कपडा बरामद गरेको छ । भद्रपुर ४ स्थित ठण्डावस्तीबाट बरामद गरिएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाए । भारतबाट ल्याउदै गरेको अवस्थामा ५ पोकामा रहेको साडी, कुर्ता सुरुवाल, मखमलको कपडा लगायत रहेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए । सामानलाई आइतबार भद्रपुर भन्सार बुझाइएको उनले जनाए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo