मलेसियाले पठायो कामदारको स्वास्थ्य परीक्षण मापदण्ड

मलेसियाले पठायो कामदारको स्वास्थ्य परीक्षण मापदण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नयाँ कामदार भर्नाका लागि मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड पठाएको छ । मलेसियाले नेपालसँग श्रम सम्झौता भएको चार महिनापछि स्वास्थ्य परीक्षणको मापदण्ड पठाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्ड अध्ययन गरी मलेसियासँग छलफल गरेर निचोड निकालिने जानकारी दिए ।

‘नेपालको राय र मलेसियाको मापदण्ड अनुसार स्वास्थ्य परीक्षणका लागि नयाँ संस्था छनोट हुनेछन्’, उनले भने । नेपाल र मलेसियाबीच गत कात्तिकमा श्रम सम्झौता भएको थियो ।

स्वास्थ्य परीक्षणको मापदण्ड पठाउने सम्झौतामै उल्लेख भएपनि मलेसियाले पूरानै प्रणालीबाट कामदार पठाउन दबाब दिइरहेको थियो ।

नयाँ मापदण्ड अनुसार चाँडै स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट हुने प्रवक्ता रेग्मीको भनाइ छ । मलेसिया जाने कामदारमाथि बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा ३९ मेडिकल सेन्टरले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo