ललितपुरको गर्ल्स होस्टलमा बिद्यार्थीको शंकास्पद मृत्यु

ललितपुरको गर्ल्स होस्टलमा बिद्यार्थीको शंकास्पद मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुरको थेचोस्थित सोनाम एकेडेमीको गर्ल्स होस्टलमा एक छात्राको शंकास्पद  मृत्यु भएको छ । उक्त बिद्यालयमा कक्षा १० मा पढ्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै मृत फेला परेकी हुन्।

रानाको शव होस्टलको कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको जनाएकाे छ।

Logo