अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन, देशको बारेमा यस्तो स्टाटस

अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन, देशको बारेमा यस्तो स्टाटस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो ।

सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले धेरै विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए।

मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका उनका दर्जनौ अनुसन्धानहरु प्रकाशित छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत हुन् । उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए।

उनले तीन साता अघि मुलुकको अवस्थाप्रति चिन्ता जनाउँदै फेसबुक स्टाटस लेखेका थिए। नेपाल र नेपालीको दुर्भाग्य शिर्षकमा उनले स्टाटस पोष्ट गरेका थिए ।

यस्तो छ उनले लेखेको स्टाटसः

(1) नेपालको राजनीतिमा विगत ३० वर्ष देखि आज सम्म नेताहरू निरन्तर कुर्सीको लडाईमा नाङ्गो रूपमा भिडन्त गर्दै छन्। परिणाम स्वरूप आर्थिक विकासको क्रम अवरूद्ध हुनुका साथै अर्थतन्त्र पूर्ण रूपमा धराशयी भयो। संसारको चौथो गरीव मुलुक नेपाल दक्षिण एसियामा सवै भन्दा पछि पर्न गयो। भ्रष्ट्राचार केन्द्र देखि प्रदेश र स्थानीय निकाय सम्म संस्थागत रूपमा झाङ्गियो। विगत देखिनै भ्रष्ट्राचारलाई खुड्किलो वनाएर राष्ट्रको सम्पति दोहन गर्ने क्रम निरन्तर जारी छ। भ्रष्ट्राचारीहरू सम्पन्न वर्गमा उक्ले।

(2) यो ३ दशकमा नेपाल र नेपालीले अकल्पनीय दुर्दशा भोग्नु पर्‍यो ! अव राष्ट्रको अस्मिता वचाउन वर्तमान सरकारवाट विगत ३ दशक देखि आज सम्म उच्च पदमा आसिन सवै क्षेत्रका भ्रष्ट्राचारीलाई सम्वन्धित निकायवाट कानूनी कारवाही शुरू गरिनु पर्दछ। अन्यथा जनतालाइ सह्य हुने छैन; जनतालेनै अर्को सरकार र अर्को सम्विधान खोज्ने दिन आउन सक्छ। कुनै कुरा निर्विकल्प छैन। जनताले चाहे अनुरूपको परिवर्तनलाई कुनै शक्तिले रोक्न सक्तैन- चेतना भया!

Logo