केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कोरिया क्रेजदेखि साफ च्याम्पियनसिपको रौनकसम्म

कोरिया क्रेजदेखि साफ च्याम्पियनसिपको रौनकसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

साफ च्याम्पियनसिपको उपाधी भारतलाई, नेपाल उपविजेता

पाँचौं साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । उपाधि विजेतासँगै भारत पाचौं पटक साफ महिला च्याम्पियन बनेको हो । विराटनगरस्थित शहीद रंगशालामा आज भएको फाईनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै उपाधी हात पारेको हो । भारतका लागि डालिमा चिम्बरले फ्रि किक मार्फत पहिलो गोल गरिन् । नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै पहिलो हाफलाई बराबरी गरेकी थिईन् । दोस्रो हाफको ६२ औं मिनेटमा ग्रेस डाङमा र ७८ औँ मिनेटमा अञ्जु तामाङले गोल गर्दै भारतलाई ३-१ ले विजयी गराएकी हुन् ।

गणतन्त्र र संघीयताबाट कुनै हालतमा पछाडि फर्कन सकिन्न- शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक कुनै हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् । जीपी फाउण्डेशन काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताएका हुन् । राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँदै कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने बताए ।

सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा नाराबाजी

सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ । अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन्।चैत २ गते अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया रेखा थापाको शुक्रबार मृत्यु भएको हो। चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थापालाई चैत ६ गते जन्डिस देखिएको थियो।शुक्रबार सेती अञ्चल अस्पतालले रेफर गरेपछि कोहलपुर लाने क्रममा रेखाको बाटोमै मृत्यु भएको हो। शिशुलाई भने सेती अञ्चाल अस्पतालमामै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

हतियारसहित फेसबुकमा तस्बिर पोष्ट गर्ने सैनिकमाथि कारवाही

फेसबुकमा जथाभावी पोष्ट गर्ने एक सैनिक कारवाहीमा परेका छन् । उनले चलाउँदैं आएको फेसबुक समेत बन्द गरिएको छ । सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने सैनिक कुचीकार सूर्यनारायण यादवमाथि नेपाली सेनाले कारवाही गरेको हो । मिडिया नीतिविपरीत यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरुसहित खिचिएका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।

पहिलो पटक धनगढीबाट अछामसम्म हवाई सेवा सुरु

सडक खन्दा चाँदीका सिक्का फेला परेपछि…

मन मिलेसम्म ‘लिभिङ टुगेदर’, नमिलेपछि उजुरी

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमानले दिए यस्तो बयान

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्दै !

चीनमा विस्फोट हुँदा ४४ जनाको मृत्यु, ६४० जना घाइते

शशांकको विवादित भनाई र सुधारिएको स्पष्टिकरण (भिडियोमा)

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी

कसरी भर्ने कोरियन भाषाको लागि अनलाईन आवेदन ? (भिडियोसहित)

फ्राइडे फिल्म: ‘कागजपत्र’ र ‘प्रेमलीला’

सात हजार मिटर अग्लो हिमाल चढ्ने नेपाली कुकुर

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo