लगानी सम्मेलनमा ३८ राष्ट्रका ६ सय भन्दा बढी विदेशी

लगानी सम्मेलनमा ३८ राष्ट्रका ६ सय भन्दा बढी विदेशी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अर्को साता हुने दोस्रो लगानी सम्मेलनमा ३८ राष्ट्रका ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने भएका छन् ।

लगानी बोर्ड नेपालका अनुसार बुधबारसम्म ६ सय ११ विदेशीले सहभागिता सुनिश्चित गरिसकेका छन् । भारत, चीन, अमेरिका, बेलायत, यूएई, कतार, ओमान लगायतका ३८ राष्ट्रका लगानीकर्ता सम्मेलनमा सहभागी हुन लागेका छन् । दुई वर्ष अघि भएको लगानी सम्मेलनमा २ सय ५७ विदेशी लगानीकर्ता सहभागी रहेकोमा यस वर्ष दोब्बरभन्दा बढी सहभागी हुने बोर्डले जनाएको छ ।

झण्डै ६ दर्जन परियोजनाहरू समेत प्रस्तुत हुन लागेको सो सम्मेलनले नेपालमा लगानी भित्र्याउनका लागि विश्वासिलो वातावरण बनाउने विश्वास गरिएको छ । वैदेशिक लगानी खोज्ने देशहरूले प्रत्येक दुई वर्षमा लगानी सम्मेलन गर्ने भएकोले नेपालमा पनि लगानी सम्मेलनलाई निरन्तरता दिएपछि थप सहज हुने अपेक्षा गरिएको छ ।

लगानी सम्मेलनसँगै सरकारले लगानी भित्र्याउनका लागि सहजीकरण गर्न भन्दै सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति, वैदेशिक लगानी हस्तान्तरण ऐन (फिटा) समेत संशोधन गरिसकेकोले सम्मेलनमा आउने लगानीकर्तालाई समेत लगानी सम्मेलनले थप उत्साह जगाउने अपेक्षा गरिएको छ ।
कारोबारबाट

Logo