काठमाडौँ
‘पानी र दिगो विकास’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर विश्व पानी दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९३ मार्च २२ देखि प्रत्येक बर्ष विश्व पानी दिवस मनाउने गरिएको हो ।
पानीको बहुउपयोग गर्ने तथा पानीको स्रोत संरक्षण गरी दिगो विकास गर्न यो वर्ष विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि विश्व पानी दिवसको अवसर पारेर जल सप्ताह मनाइएको छ ।
नेपालमा पानीको मात्रा प्रशस्त रहे पनि पानीको स्रोतको सही सदुपयोग हुन नसक्दा उपभोक्तालाई स्वच्छ पानीको पर्याप्तता हुन सकेको छैन ।
स्वच्छ पानी पाउनु उपभोक्ताको नैसर्गिक अधिकार हो तर हामीले पानीको स्रोतलाई राम्रोसँग संरक्षण र सदुपयोग गर्न सकिरहेका छैनौँ ।
सरकारले सन् २०१७ सम्म सबै जनतालाई आधारभूत स्तरको खानेपानी र सरसफाई सुविधा पु¥याउने राष्ट्रिय लक्ष्य लिएको भएपनि सो लक्ष्य अझै पनि पुरा हुन सकेको छैन ।































प्रतिक्रिया