देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
विप्लवलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न- मन्त्री बाँस्कोटा
सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने बताएका हुन।
नेपाल बुद्ध जन्मेको देश हो भन्दै बास्कोटाले यदि शान्तिपूर्ण राजनीतिमा नआए ‘भीरबाट खस्न लागेको गोरुजस्तो सबैले रामराम भन्ने तर कसैले काँध नथाप्ने’ परिस्थितिको सिर्जना हुने बताए । समाजले स्वीकार गर्न नसक्ने खालका विषय छोडेर आउँदा विप्लव सानो नहुने भन्दै मन्त्री बाँस्कोटाले संवादका लागि सरकार तयार रहेको बताए।
सेनाले भन्यो, ‘विप्लवविरुद्ध सेना परिचालन गरिएको छैन्’
नेपाली सेनाले विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार गलत भएको जनाएको छ । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार गलत भएको प्रतिक्रिया दिएको हो ।
अधिकांश मिडियाले विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार आउन थालेपछि सेनाले उक्त समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले बिहीबार एक विज्ञप्ती जारी गर्दै विप्लव विरुद्ध आफुहरुले कुनै कारवाही नगरेको स्पष्ट पारेको छ ।
शशांकको बोली २४ घण्टा नबित्दै फेरियो
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गणतन्त्र र संघीयताबारे बुधबार दिएको अभिव्यक्ति २४ घण्टा नबित्दै फेरेका छन् । कोइरालाले बुधबार गणतन्त्र र संघीयताबारे जनमत संग्रहमा जानुपर्ने बताएका थिए । महामन्त्री कोइरालाले आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै २०६२/०६३ को आन्दोलनको उपलब्धि गणतन्त्र र संघीयता भएको र संविधानमा समेत लेखि सकिएकोले अब त्यसविरूद्ध जान नमिल्ने बताएका हुन् ।
सरकारमाथि जवाफी कारवाही गर्ने विप्लव पार्टीको चेतावनी
प्रतिबन्धित नेकपाले ‘काभ्रे फाइरिङ’ मा पक्राउ परेकालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा नगरेर जवाफी कारवाही गर्ने नेकपाको चेतावनी छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि गत मंगलबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको काफलडाँडामा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो ।
महिला हकप्रति सशंकित पुरुष प्रधान मानसिकता
एक्काईसौं शताब्दीको सबैभन्दा विकसित चरणमा आइपुग्दा समेत हाम्रो समाज कति सम्म पुरुष प्रधान मानसिकताले ग्रसित छ भन्ने कुरा प्रस्तावित नागरिकता विधेयकमा समावेश गर्नको लागि छलफल गरिएका विषयहरुलाई सम्झिदिए पुग्छ । आज बिहानै राजनीतिक विश्लेषक ‘आहुति’ को अन्तर्वार्ता सुनें । त्यो अन्तर्वार्तामा आहुतिले उठाएका विषयहरु समावेश भएनन् अथवा समावेश गर्न सकिएन भने यो नागरिकता विधेयकले समान हक र अधिकारको लागि महिला आन्दोलानलाई अर्को चरणमा प्रवेश गराउने निश्चित देखिन्छ ।
प्रधानमन्त्रीद्वारा १० हजार कित्ता आइपीओका लागि आवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत १० हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले आवेदन दिएका हुन् । ओलीले बिहिबार बिहान आफ्नै निवास बालुवाटारबाट मेरो शेयर अनलाइन मार्फत शेयरमा आवेदन दिएका हुन् । आईपिओमा आवेदन दिने प्रधानमन्त्रीले मंगलबार मात्र डिम्याट खाता खोलेका थिए । त्यस्तै उर्जा मन्त्री बर्षमान पुनले पनि एक हजार कित्ता आइपीओका लागि आवेदन दिएका छन् ।
प्रधानमन्त्री दम्पतीले किने २० हजार कित्ता सेयर (भिडियोमा)
नागरिकता विधेयक फिर्ता लिन नेकपा (माले) को माग
नेपालीहरु कति खुशी ? भारत नेपालभन्दा ४० स्थान पछि
महामुर्ख सम्मेलनबाट जनकपुरमा मेयरलाई महामुर्खको उपाधि
क्रिश्चियन बन्दा पनि निको भएन रोग, ‘अनि हिन्दु नै बने’
नेपाली महिला फुटबल टोलीले वृद्धाश्रममा मनाए होली, मागे आशिर्वाद
वरिष्ठ पत्रकार श्रेष्ठको अबस्था गम्भीर
न्यूजील्यान्ड नागरिकले अब हतियार बोक्न नपाइने
चितुवा र कुकुरबीच डेढघण्टा भिडन्त, चितुवाको मृत्यु
‘छक्का पञ्जा २’ को कमाई रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई
कतै तपाई मधुमेहबाट ग्रसित त हुनुहुन्न ? (भिडियोमा)
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया