सेनाले भन्यो, ‘विप्लवविरुद्ध सेना परिचालन गरिएको छैन्’

सेनाले भन्यो, ‘विप्लवविरुद्ध सेना परिचालन गरिएको छैन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली सेनाले विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार गलत भएको जनाएको छ । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार गलत भएको प्रतिक्रिया दिएको हो ।

अधिकांश मिडियाले विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार आउन थालेपछि सेनाले उक्त समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले बिहीबार एक विज्ञप्ती जारी गर्दै विप्लव विरुद्ध आफुहरुले कुनै कारवाही नगरेको स्पष्ट पारेको छ ।

यस्तो सेनाले जारी गरेको विज्ञप्तीः
१. विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

२. नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।

३. वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।

Logo