फोरमसँग एकता गर्न राजपाको वार्ता समिति गठन

फोरमसँग एकता गर्न राजपाको वार्ता समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राजपाले संघीय समाजवादी फोरमसँग एकता एवं सहकार्यका लागि वार्ता कमिटी गठन गरेको छ । राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक रहेको वार्ता टोलीका अन्य सदस्यमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा छन् ।

पार्टी एकीकरणका लागि फोरमले पत्र लेखेपछि गत शुक्रबार राजपाले त्यसको जवाफ पठाएको थियो । होटल हायातमा अघिल्लो हप्ता बसेको राजपा अध्यक्षमण्डलका नेताको बैठकले महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । त्यसलाई मंगलबार पूर्णता दिइएको हो । फोरमले पनि राजपालगायतसँग वार्ताका लागि मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

राजपाले प्रदेश सरकार संयोजन समिति र स्थानीय तह संयोजन समिति पनि बनाएको छ । मंगलबारको बैठकले यी समितिलाई पनि पूर्णता दिएको छ । महेन्द्र राय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समितिमा मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव र डा विजय सिंह छन् ।

त्यस्तै अनिल झाको संयोजकत्वमा स्थानीय तह संयोजन समितिमा मनीष सुमन, सीपी सिंह, गजेन्द्रकुमार मण्डल, सुरेश सिंह, नवकिशोर सिंह, मैथुर चौधरी, मनोज यादव र दीपककुमार छन् । राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग पनि गठन गरेको छ।
अन्नपूर्णबाट

Logo