प्रधानमन्त्रीसँग आक्रोशित भए भूतपूर्व गोर्खा सैनिक

प्रधानमन्त्रीसँग आक्रोशित भए भूतपूर्व गोर्खा सैनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारसँग आफूहरुले राख्दै आएको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।

बेलायती सेना सरह पेन्सन लगायतका सुविधा उपलब्ध गराउन माग गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरुको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूतपूर्व बृटिस गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बेलायत सरकारले आफूहरुमाथि गर्दै आएको विभेद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पहल नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले सो समस्या समाधानका लागि उच्च स्तरीय वार्ता समिति गठन गर्न पनि सरकारसँग माग गरे । भूतपूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा आफूहरुलाई विभेद गरेको विरोधमा करिव ३ दशक यता आन्दोलन गर्दै आएका छन ।

उनीहरुले नेपाल सरकारले आफूहरुको माग सम्बोधन गराउन पहल नगरेको भन्दै कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन ।

Skip This
Skip This
Logo