प्राधिकरणले अढाई अर्ब बक्यौता उठाउन बाँकी

प्राधिकरणले अढाई अर्ब बक्यौता उठाउन बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलहरूमा व्यापारिक प्रयोजनका लागि विभिन्न संघ संस्थालाई दिएको भाडाबापत झण्डै अढाई अर्ब रुपैयाँ बराबरको बक्यौता रकम उठाउन बाँकी रहेको देखिएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक लेखा समितिलाई दिएको विवरण अनुसार व्यापारिक प्रयोजनका लागि विभिन्न संघ संस्थालाई दिइएको भाडावापत चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७ सय ३९ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको हो । बक्यौता रकम नबुझाउनेमा ५५ वटा चालू अवस्थामा रहेका अन्तर्राष्ट्रिय विमान कम्पनी छन् भने १८ वटा सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमान कम्पनी छन् ।

यस्तै चालू अवस्थामा रहेका १८ वटा आन्तरिक उडान भर्ने विमान कम्पनी र १२ वटा सेवा बन्द भएका आन्तरिक उडान भर्ने विमान कम्पनी पनि छन् । सबैभन्दा धेरै बक्यौता रकम नतिर्नेमा नेपाल वायुसेवा निगम, एयर एसिया र हिमालयन एयरलाइन्स रहेका छन् । यी कम्पनीले प्राधिकरणलाई क्रमशः ३४ करोड ९ लाख, १४ करोड ८० लाख र ११ करोड ४८ लाख रुपैयाँ तिर्न बाँकी छ । एयर एसियाले हाल नेपालबाट सेवा बन्द गरिसकेको छ । सम्झौता अवधि सकिए पनि यस्ता व्यापारिक संघ संस्थाले अदालतबाट स्टे अर्डर लिँदै व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
कारोबारबाट

Logo