काठमाडौँ
विप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्रनै रहेको दावी गरेको छ ।
हाल सिन्धुलीमा रहनु भएका बिप्लवको गतिबिधिलाई नजिकबाट नियाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।
केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहांहरुको कदम अहिले सम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।
सो पार्टीका प्रवक्ता समेत रहनु भएका बिश्वकर्मा अहिले दाङमा रहनु भएकाले उहांको गतिबिधिलाई समेत निगरानी गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।
यता नेकपा माओवादी बिप्वल समुहमाथि प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
देशका बिभिन्न भागबाट उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरी राज्य बिरुद्धको अपराधमा कारवाही गर्ने तयारी गरेको बताइएकोछ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया