वायु सेवा कम्पनीहरुले तिरेन २ अर्व ३५ करोड बक्यौता

वायु सेवा कम्पनीहरुले तिरेन २ अर्व ३५ करोड बक्यौता


वायु सेवा कम्पनीहरुले करिव २ अर्व ३५ करोड बक्यौता रकम बुझाउन बाँकी रहेको खुलासा भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एयरलाईन्स, सौर्य एयर लाईन्स, एयर इन्डियालगायतका विमान कम्पनीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई करिव २ अरव ३५ करोड बराबरको ठूलो परिमाणको बक्यौता रकम बुझाउन बाँकि रहेको जानकारी दिएका हुन् । आईतबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ती बक्यौता रकम मध्ये ५० लाख भने भुक्तानी हुने क्रममा रहेको पनि बताए ।

यता, समितिका सदस्यहरुले भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलमेतोमा सो बक्यौता रकम समेत हिनाहिना भएको हुन सक्ने आशंका गर्दै आक्रोश व्यक्त गरेका छन् । समितिका सदस्य राजन्द्रकुमार केसीले अरर्बौको रकम गैरजिम्मेवार ढंगले उठाउने काम नगरेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका पदाधिकारीप्रति आक्रोश व्यक्त गरे । उनले विमानस्थलका कर्मचारीहरुले अदालतलाई देखाएर पनि सो बक्यौता रकम हिनामिना गरेको हुन सक्ने आशंका पनि व्यक्त गरे  ।

समितिका अर्का सदस्य विरोध खतिवडाले अदालतको मुद्दा नै नभएका विमान कम्पनीहरुको बक्यौता रकम किन असुल नगरेको भनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका पदाधिकारीहरुमाथि प्रश्न गरे  । उनले हिनाहिना गरेर खाने अनि बक्यौता रकम देखाउने काम कर्मचारीहरुबाट हुने गरेको आरोप लगाउँदे सैह्य नहुने चेतावनी दिए ।

त्यसपछि त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिना भित्र सो बक्यौता रकम असुल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सार्वजनिक लेखा समितिको निर्देशन र प्रचलित कानुन अनुसार ३ महिना भित्र पनि सो बक्यौता रकम असुल नगर्ने कम्पनीको विमान संचालनमा रोक लगाउने चेतावनी पनि दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँग सम्झौता गरेर सेवा प्रवाह गरिरहेका वायु सेवा निगमलगायतका संघ, संस्थाहरुको बुझाउन बाँकि बक्यौता रकम धेरै भएको पाइएपछि त्यस सम्बन्धमा सार्वजनिक लेखा समितिले आईतबार सरोकारवाला निकायसँग छलफल गरेको हो ।

Logo