पत्नीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

पत्नीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन् । पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन् । सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छिन् । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन समेत लगेका थिए ।

आज उनी अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन ।
अन्नपूर्णबाट

Logo