राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन्।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर राष्ट्रपति भण्डारी शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारीले ‘वुमन इन पावर’ सम्मेलनलाई सम्बोधन गरि राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन् ।





























प्रतिक्रिया