उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ ।

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्यः जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौं नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले हिजो मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पु¥याउने तयारी गरेको बताउनुभयो । मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उहाँको भनाइ थियो । वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उहाँले नसर्ने रोग र अङ्ग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

Logo