आगामी आर्थिकवर्षका लागि १५ खर्बको बजेट बनाउँदै सरकार

आगामी आर्थिकवर्षका लागि १५ खर्बको बजेट बनाउँदै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०७६ / ७७ को लागि करिब १५ खर्बको बजेट बनाउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले अघिल्ला वर्षहरूको तुलनामा ढिला गरी मन्त्रालयहरूलाई बजेट सिलिङ ( सीमा ) पठाएको हो । अघिल्ला वर्षहरूमा मंसिर अन्तिम तथा पुस लाग्दा नै बजेट सिलिङ पठाउने गरिएपनि यसवर्ष भने फागुन अन्तिममा मन्त्रालयहरूले बजेट सीमा पाएका हुन् ।

योजना आयोगले विषयगत मन्त्रालयमा पठाएको बजेट सिलिङमाथि छलफल भएर आएपछि बजेट अंकका वारेमा अर्थ मन्त्रालयमा र बजेटमा समावेश गरिने कार्यक्रमहरूको योजना आयोगमा छलफल गरिने छ ।

अहिले १५ औं योजनाका वारेमा छलफल भइरहेकोले सम्भवत मध्य चैतदेखि बजेट छलफल सुरु हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo