सिन्धुलीमा पाँच घर जलेर नष्ट, ४४ लाखको क्षति

सिन्धुलीमा पाँच घर जलेर नष्ट, ४४ लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

सिन्धुली

जिल्लाको तीनपाटन गाउँपालिका–७ भञ्ज्याङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागीमा ४३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

भञ्ज्याङ निवासी ज्ञानबहादुर सार्कीको खरले छाएको घरमा आगलागी हुँदा अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार टीकाबहादुर सार्कीको एकतले कच्ची घर र किराना पसल तथा नगद दुई लाखसहित १५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । यस्तै हितबहादुर श्रेष्ठको जस्ताले छाएको दुई वटा घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने दुई तोला सुन, एक लाख ७५ हजार नगद, एक बाख्रा, दुई पाठा र पाँच वटा कुखुरा जलेर मर्दा करीब २२ लाख ५० हजार बराबरको क्षति भएको छ ।

टेकबहादुर सार्कीको खरले छाएको घर अन्नपात लगायतका सम्पूर्ण सामान जलेर नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । सिन्धुलीमा सुख्खा समय सुरुआत भएसँगै आगलागीका घटना दिन प्रतिदिन बढिरहेका छन् ।

Skip This
Skip This
Logo