संविधान संशोधन गराउन सहकार्य गर्दै राजपा र फोरम

संविधान संशोधन गराउन सहकार्य गर्दै राजपा र फोरम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधनको माग पूरा गराउन सहकार्य गर्ने भएका छन् ।

सरकारले स्वतन्त्र मधेसको मुद्दा उठाइरहेका डा. सिके राउतसँग सहमति गरेपछि राजपा र फोरम एक भएर अघि बढ्ने मानसिकतामा देखिएका हुन् । सहकार्यका लागि राजपाले फोरमलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ ।

‘फोरम र हामीले उठाएका धेरै मुद्दा मिल्छन्, सँगै हिँड्न हामी उहाँहरूलाई औपचारिक आग्रह गर्छौँ,’ राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले भने । राजपाले फोरमलाई सत्ता छाडेर आन्दोलनमा आउन पनि आग्रह गरेको छ । फोरम महासचिव रामसहाय यादवले पनि आफूहरू औपचारिक छलफल गरी सँगै अगाडि बढ्न तयार रहेको बताए ।

गत बुधबार राजपाले एक वर्षसम्म पनि आफूसँगको प्रतिबद्धता पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधान संशोधन, मधेसी आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, सहिद घोषणा र मधेस घटनाको छानबिन गर्न गठित गिरीशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता सरकारले पूरा नगरेको आरोप लगाएको छ ।

आइतबार संसदमा बोल्दै संयोजक यादवले लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक नभए अर्को संसद् बैठक चल्न नदिने चेतावनी दिए । राजपाले संविधान संशोधनका लागि आन्दोलनमा होमिनका लागि राजपा जिल्लामा नेताहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo