२० वटा विद्यालयको लापरवाही, हजार विद्यार्थी परीक्षाबाट बञ्चित

२० वटा विद्यालयको लापरवाही, हजार विद्यार्थी परीक्षाबाट बञ्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् ।

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम बनाएको थियो । तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् । जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय तोकेको थियो । त्यसपछि पनि पटक पटक निर्देशन दिएको थियो । विभागले फागुन ७ देखि १२ गतेसम्म पुनः म्याद दिएको थियो ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले फारम नभर्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिनुभयो । सम्भवत् विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रधानाध्यपक माथि कारबाही हुने उहाँले संकेत गर्नुभयो ।

शिक्षा विभागका अनुसार हिमालय ह्वाइट हाउस स्कुल, सन्जय साइ विद्यालय, शताब्दी स्कुल, ,सगरमाथा विद्या मन्दिर, नेसनल मोडेल स्कुल, सन्जिवनी वैकल्पिक विद्यालय, आराधना एकेडेमी, पास्कल इन्टरनेसनल एकेडेमी, मदन भण्डारी मेमोरियल स्कुल, नव मन्जुश्री लगायतले फारम नभरेका हुन् । कामपाभित्र ९१ सामुदायिक र ६ सय ४० निजी विद्यालय छन् ।

कक्षा ८ को परीक्षा आगामी चैत ३ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षाका लागि कामपाभित्रका ११ स्रोत केन्द्रका ती विद्यालयबाट १८ हजार ९६ विद्यार्थीको आवेदन फाराम भरिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo