काठमाडौँ
स्वतन्त्र मधेस गठबन्धनका उपसंयोजक चन्दन सिंहले सरकार र आफ्नो गठबन्धनबीच भएको ११ बुँदे राजनीतिक सहमतिको बुँदा नंम्बर २ मा समावेश शब्द जनअभिमतको विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन् ।
उपसंयोजक सिंहले जनअभिमतको व्याख्या जनमतसंग्रह मात्रै नहुने बताए । आफ्नो गठबन्धनले नेपालको संविधान र अखण्डतालाई स्वीकार गर्दै सरकारपक्षसँग राजनीतिक सहमति गरिसकेको अवस्थामा आफ्नो गठबन्धनका विषयमा अनावश्यक अफवाह नफैलाउन पनि उनले आग्रह गरेका छन् ।
सहमतिमा प्रयोग शब्द जनअभिमतको अभिप्राय लोकतान्त्रिक विधि अपनाउने भन्ने रहेको बताउँदै सिंहले लोकतान्त्रिक विधिमा जनमतसंग्रह र निर्वाचन दुवै प्रक्रिया रहेकोमा कुनै एक प्रक्रिया अपनाउँदै मधेसमा रहेको विद्यमान समस्या समाधान गर्ने प्रक्रिया अपनाउने विषयमा आफूहरु सचेत रहेको दाबी गरेका छन् ।
‘जनअभिमतले जनमतसंग्रहको मात्रै व्याख्या गर्दैन, यो शब्द आफैंमा लोकतान्त्रिक शब्द हो, जनकपुरमा रहेका चन्दनले भने, ‘सहमतिका लागि हामी लोकतान्त्रिक विधि अपनाउँदै संविधान अन्तर्गत रहेको व्यवस्थालाई आत्मसाथ गर्दै संसदीय निर्वाचन र जनमतसंग्रह दुई मध्ये एक प्रक्रियामा जाने भन्ने हो ।’ लोकतन्त्रमा जनताको अभिमत लिने विभिन्न प्रक्रिया हुनेमा हामीले त्यही प्रक्रिया अवलम्बन गर्ने कुरामा जोड दिएका हौँ, चन्दनले भने । उपसंयोजक चन्दनले कार्यकताको उत्साहका कारण यस्तो भएको बताए। उनले थप भने, ‘हामीले सरकारसँग भएको सहमति बिर्गाने उद्देश्यले यस्तो गरेका होइनौँ ।
आइतबार गृहमन्त्री रामबहादुर थापाले डा. राउतसँग भएको ११ बुँदे राजनीतिक सम्झौताको बुँदा नम्बर २ मा उल्लेख भएको शब्द जनअभिमतको आशय जनमतसंग्रह नभएको बताएका थिए । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनअभिमतको आशय जनमतसंग्रह भएको राउत पक्षको व्याख्या भए त्यसले पुरानै अवस्थामा फर्काउने चेतावनी दिएका थिए ।
नागरिकबाट





























प्रतिक्रिया