ताप्लेजुङ
गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको विषयमा छानविन गर्न सरकारद्वारा गठित जाँचबुझ समितिले आइतबार बिहान पाथीभरा मन्दिर पुगेर दिउँसो घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीसँग सुकेटारमा छलफल गरेको थियो ।
घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीलाई हेलिकोप्टरमा काफ्लेपाटीबाट सुकेटार ल्याएर त्यहिँ छलफल गरेपछि टोली काठमाडौं फिर्ता भएको हो । पाथीभरा मन्दिर पुगेको टोलीले त्यहाँका पुजारी र घटनासँग सरोकार राख्ने अन्यसँग मन्दिर परिसरमै जानकारी लिएको थियो । दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रीपरिषद् बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन् ।
नागरिकबाट





























प्रतिक्रिया