हिमपहिरोमा नेपाली गाइडसहित २ जनाको मृत्यु

हिमपहिरोमा नेपाली गाइडसहित २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मनाङमा हिमपहिरोमा परि २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा एक जना नेपालीसहित नेदरल्यान्डका नागरिक रहेका छन्।

बिहीबारदेखि बेपत्ता नेदरल्यान्डका नागरिक भिनसेन्ट ब्लुमको शव शनिबार बिहान मनाङको निस्याङ गाउँपालिका-१, क्याङ्दीमा फेला परेको हो। करिब ४० बर्षिय ब्लुमको शवलाई पोस्टमार्टमका लागि काठमाडौँ ल्याउने तयारी भैरहेको छ।

यसअघि उनीसँगै अन्नपूर्ण पदयात्रामा गएका धादिङकाे गंगाजमुना गाउँपालिका घर भएका गाइड २५ वर्षीय अजय ढकालको शव शुक्रबार साँझ नै फेला परिसकेको छ। ढकालकै शव भेटिएकाे स्थानमा नेदरल्यान्डका नागरिकको शव पनि हिउँले पुरिएको अवस्थामा शनिबार बिहान फेला परेकाे मनाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढकालको शव भने यस अघि नै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइ सकिएको छ ।

Logo