संचयकोषले काठमाण्डौं मलबाट डेढ अर्ब उठायो, सबै व्यापारी हटाउने तयारी

संचयकोषले काठमाण्डौं मलबाट डेढ अर्ब उठायो, सबै व्यापारी हटाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यापारीहरुले सधैं नै विचौलियाबाट पीडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए ।

काठमाण्डौं मल व्यापार संघका अध्यक्ष सुष्मा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यालय काठमाण्डौमलमा राख्न सफल भए ।
संञ्चयकोष आएपछि व्यवसायीले अब आराम संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर सञ्चयकोषको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् ।

‘सञ्चयकोषको व्यवस्थापन आएपछि ढुक्कसंग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थियौं तर सञ्चयकोषले चलखेल गरेर काठमाण्डौं मलका व्यवसायीलाई ठाउँ खाली गर्न लगाउँदैछ ।’ संघका अध्यक्ष सुष्मा महराले भनिन् ।

सञ्चयकोषले नै व्यापारीक मल भन्दै व्यवसायीलाई बोलाएको भन्दै उनले अहिले व्यासायीलाई उठाउन खोज्नु जायज नभएको बताएकी छन् ।
मलमा ब्यवसाय गरेर वसिरहेका व्यवसायीहरुलाई नै हटाउने प्रपन्च सञ्चयकोषका कर्मचारीहरुले गर्न थालेपछि द काठमाडौं मल ब्यापार संघका अध्यक्ष सुष्मा महराले अब आफू आमरण अनसनमा बस्ने जनाएकी छन् ।

पछिल्लो पटक कर्मचारी संचयकोषका भवन प्रमुखसंग भएको वार्तामा ब्यवसाय सिध्याउने मिसन र ब्यापार संघ अघि बढे प्लान बी प्रयोग गर्ने जस्ता कुराले संचयकोषको नियत प्रष्ट भैसकेको महराको दावी छ ।

महराका अनुसार कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल संचालनमा ल्याए यता संचयकोषले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दामाथि असुलि सकेको छ ।

यति धेरै रकम असुल गरिसक्दा पनि उचित ब्यवस्थापन नगर्ने उल्टै ४ अर्व भन्दा ज्यादा लगानि गरेर बसिरहेको ३ सय ब्यापारीलाई साथै ३ हजार कर्मचारीले रोजगारी पाईरहेको केन्द्रलाईनै तहस नहस गर्न खोज्नु ज्यादति पुर्ण भएको उनले बताएकी छन् ।

नेपाल समाचारपत्रबाट

Logo