काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि डा. सीके राउत रिहा भएका छन् । राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक समेत रहेका राउत सर्वोच्चको आदेशपछि रिहा भएका हुन् ।
पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्।
बिहीबार साँझ सुन्धारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएका हुन् । रिहा भएका राउतलाई सुरक्षा खतरा रहेको भन्दै एक जना सुरक्षाकर्मी समेत उपलब्ध गराईएको छ ।
प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले बिहीबार उनलाई छोड्ने आदेश दिएको थियो ।
राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले बदर गरेको हो। अब उनले साधारण तारेखमा रही उक्त मुद्दा लड्न पाउनेछन् ।





























प्रतिक्रिया