काठमाडौं
शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरे डाँडा ल्याण्डफिल साइटको एक दर्जन बढी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिएको छ ।
अबको एकवर्ष भित्र ती संरचना निर्माण हुने भएका छन् । सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि विभागले नयां काम अघि बढाएको हो ।
सरकारले ०६२ सालमा नै ३ बर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर ०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर लक्षित समयको एक दशक बितिसक्दा बञ्चरे डाँडाको पूर्वाधार बन्न नसकेपछि काठमाडौ महानगरपालिका लगायत स्थानीय निकायले सरकारलाई गुहारेको थियो ।
सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटको संरचना निर्माण गर्न विभागलाई जिम्मा दिने निर्णय गरेपछि दोस्रो चरणको नयाँ काम शुरु भएकोे हो । विभागले नयां संरचना निर्माण गर्न टेण्डर आब्हान गरेको छ ।
विभागका सुचना अधिकारी चन्द्रशेखर महतोका अनुसार अब बन्ने नया संरचनामा फाहोरमैला व्यवस्थापनको लागि स्थान निर्माण, ल्याण्डफिल साइटको इन्जिनियरिङ डिजाइन बमोजिम जमीन तयार गर्ने, लिचेड पोखरी निर्माण, सडक निर्माण, कार्यालय भवन, गार्ड हाउस, ग्यारेज, वेट ब्रिज निर्माण, गेट लगायत एक दर्जन संरचना निर्माण गर्ने योजना रहेको छ । एक वर्षभित्र संरचना निर्माण गर्ने तयारीका साथ प्रकृया अघि बढाइएको उहाले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया