काठमाडौं । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ हजार कर्मचारीको समायोजन गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए । अब कर्मचारी समायोजनको काम फागुन महिना भित्र सम्पन्न गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दावी गरे ।
मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिने वित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको प्रष्ट पारे ।





























प्रतिक्रिया