काठमाडौँ
पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह विरामी परेपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन् । एक सातादेखि विरामी भएकी शाह मंगलबार अस्पताल भर्ना भएकी हुन् ।
उनलाई रुघाखोकी र ज्वरो आउने समस्या हुनुका साथै शारीरिक रुपमा कमजोर बनेपछि अस्पताल भर्ना गरिएको हो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
पूर्वराजा स–परिवार भारत जाने
उता पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै फाल्गुन महीनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।
भ्रमणमा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्र लगायत सबै भारत भ्रमणमा जान लागेका हुन् । उक्त भ्रमणकै लागि उनकी बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किँदैछिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।
स्रोतका अनुसार यो पारिवारिक भ्रमण लगायत अन्य विषयमा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।





























प्रतिक्रिया