केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

सैनिक दिवसको रौनकदेखि शिवरात्रिको रमझमसम्म

सैनिक दिवसको रौनकदेखि शिवरात्रिको रमझमसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सरकारले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ- देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन् । सभापति देउवाले भने, “सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन ।” सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए।

नेपाल प्रहरीका ८८ डीएसपीको सरुवा, को कहाँ ?

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । आईजीपी सर्वेन्द्र खनाल उपस्थितमा आइतबार बसेको बैठकको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

पशुपति दर्शन गर्न ६ घण्टासम्म लाइन

महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग: निगम

मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।

फोटोफिचर र भिडियोमा हेर्नुहोस् सैनिक दिवसको रौनक

आज महाशिवरात्री तथा सैनिक दिवस। दिवसको अबसरमा नेपाली सेनाले सोमबार सैनिक मन्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सैनिक परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न गरिएको थियो। कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौजलगायतका प्रदर्शनी समेत गरिएको थियो। कार्यक्रममा साट्ट वटै प्रदेशका संस्कृतीलाई झल्काउने झाँकी प्रस्तुत गर्नुका साथै प्यारासुटको माध्यमबाट फ्रि-फल जम्पको पनि प्रदर्शन गरिएको हो।

१२ तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाहरुको बिन्दास पोज (फोटोफिचर)

आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

खाना पकाउने ग्याँसको अभाव, वार्ताका लागि आव्हान

काठमाडौँमा खाना पकाउने ग्याँसको अभाव हुन थालेको छ। कमिसन वृद्धिको माग राख्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलन गरेपछि खाना पकाउने ग्यासको अभाव भएको हो । उद्योगीले आन्दोलन घोषणा गरेलगतै उपभोक्ताले ग्याँस मौज्दात राख्न थालेका छन्। ब्यापारीले पनि ग्याँस नभएको भन्दै बिक्रि वितरण ठप्प पारेका छन्।

“म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन”- इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । यस वर्षको नोबेल शान्ति पुरस्कार उनलाई दिनुपर्ने आवाज उठिरहेका बखत इमरानको यस्तो भनाइ सार्वजनिक भएको हो । सोमबार ट्वीट गर्दै इमरानले आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने खालको काम नगरेको बताएका हुन्।

कौशलटारको श्रेष्ठ फर्निचरमा भीषण आगलागी

केदारनाथको शिर डोलेश्वर मन्दिरमा ठूलो घुइँचो

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

राष्ट्रपतिद्वारा २ विधेयक प्रमाणीकरण

ट्रम्पविरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

शिवरात्रीको सूर: राजेश हमालदेखि प्रमोद खरेलसम्म

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo