नो–पार्किङमा राखिएको डीआईजीको गाडीलाई ५ सय रुपैयाँ जरिवाना

नो–पार्किङमा राखिएको डीआईजीको गाडीलाई ५ सय रुपैयाँ जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नो–पार्किङमै पार्किङ गरिएको डीआईजीको गाडी कारवाहीमा परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नो–पार्किङ क्षेत्रमा पार्किङ गरेर राखिएको बा १ झ ६४०८ नम्बर गाडीमाथि कारवाही गरिएको हो ।

उक्त गाडी शुक्रबार दिउँसो नर्भिक हस्पिटल अगाडि नो पार्किङ क्षेत्रमा पार्किङ गरेर राखिएको थियो । उक्त तस्वीर सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडीमाथि कारबाही गरेको हो ।

वायोमेडिकल वैज्ञानिक डा. समिरमणि दीक्षितमा ट्वीटरमार्फत उक्त तस्वीर सार्वजनिक गरेपछि ट्राफिक प्रहरीले गाडी धनीको खोजी गरेको थियो ।

गाडी पार्किङ गरेर राखिएको दुई दिनपछि महाशाखाले बा १ झ ६४०८ नम्बरको गाडीका चालक छत्र बहादुर थापाले आइतबार दिउँसो १२ः१५ बजे महाशाखामा गएर ५ सय रुपैयाँ जरिवाना रकम तिरेका छन् ।

उक्त प्रमाणपछि महाशाखाले ट्वीटरमा राखेको छ । उनले रकम तिरेको ग्लोबल आईएमई बैंकको भौचर समेत ट्राफिकको ट्वीटमा संलग्न छ । यद्यपि, गाडी कुन डीआईजीले चढ्ने गरेका थिए भन्ने सार्वजनिक गरिएको छैन ।

Skip This
Skip This
Logo