(कृष्णसिंह धामी)
काठमाडौं । मृत्यु सबैका लागि अकाट्य हुन्छ । जन्मिएपछि एकदिन मर्नैपर्छ । ढिलो चाँडो सबैले यो संसार छोडेर जानैपर्छ । देशले पछिल्लो एक सातामा दुई चर्चित राजनीतिज्ञ गुमाएको छ ।
आ–आफ्नो क्षेत्रबाट निकै चर्चामा रहेका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारले यो संसारबाट बिदा लिए । हुन त सबैको मृत्यु उस्तै हो । कुनै पनि परिवार वा साथीका लागि आफ्नो प्रियजनको मृत्यु एक दुःखदायी हुन्छ । सबैलाई स्तव्ध नै बनाउँछ ।
पर्यटन क्षेत्रको विकास गरेर धेरै मात्रामा विदेशी पर्यटक भित्र्याएर देशको मुहार फेर्न अहोरात्र खटिएका मन्त्री अधिकारीको सबै सपना ताप्लेजुङको सिस्नेभीरले खाईदियो ।
ताप्लेजुङमा नयाँ विमानस्थलको अनुगमन गरेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीले फागुन १५ गते धर्ती छोँडे । साना साना २ छोराका बाबु रवीन्द्रको निधनपछि उनको परिवारमा असह्य पीडा छ । उनलाई दुई छोरा र श्रीमतीले दागबत्ती दिएका थिए ।
त्यस्तै नेपालका चर्चित अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको पनि शनिवार निधन भयो । फोक्सो तथा मुटु रोगबाट पीडित अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनको आजै अन्तिम संस्कार गरिएको छ । अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिए । छोरीहरु लुना, लिमा र लिजाले अधिकारीलाई दागबत्ती दिएका हुन् ।
अधिकारीको शवलाई दागबत्ती दिन छोरीहरुले शव पशुपति आर्यघाट लगेका थिए । तीन छोरीले बाबुको पार्थिव शरिरलाई काधमा बोकेर आर्यघाट पुग्दा सबैको मन एकदमै स्तब्ध बनेको थियो ।
छोरीहरु बाबुलाई अन्तिम विदाई गर्न जाँदा निकै भक्कानिएका थिए । दागवत्ती दिने क्रममा छोरीले बाबुको खुट्टा ढोगेकी थिईन् । रुदैं उनले बाबुको खुट्टा अन्तिम पटक ढोगेकी हुन् । उक्त दृश्य हेरिरहेका सबै भावविहल बने ।































प्रतिक्रिया