एघार कानुन बन्न अझै बाँकी

एघार कानुन बन्न अझै बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय संसदबाट संसद् अधिवेशन सुरु भएको एक वर्षभित्र संविधान अनुकूलका १ सय ७६ विधेयक पारित गर्नुपर्ने भए पनि अहिलेसम्म १ सय ६५ विधेयक मात्रै पारित भएका छन् । संसदको दुवै सदनबाट पारित भएका विधेयकलाई आगामी शनिबार बस्ने प्रतिनिधिसाको बैठकले राष्ट्रपतिसमक्ष प्रमाणिकरणका लागि पठाउने संसद् सचिवालयले जनाएको हो ।

संविधान अनुकुल बनाउने केही नेपाल ऐनलाई संशोधन विधेयकले १ सय ९ कानुन र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले ५६ कानुनलाई संशोधन गरेको छ । तर अन्य ११ विधेयक अझै पारित भएका छैनन् । संसद्को अधिवेशन सुरु भएको एक वर्ष पुग्न अब चार दिनमात्रै बाँकी रहँदा सबै ११ विधेयक पारित गर्ने तयारीमा संसद् छैन ।

११ विधेयकमध्ये केही विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा छन् भने केही राष्ट्रियसभा र प्रतिनिधिसभाका समितिमा रहेका छन् । कानुन मन्त्रालयले १ सय ७६ विधेयक २१ गतेभित्र पारित नभएमा निक्रिय हुने जनाएको छ । कानुन मन्त्रालयका सहायक प्रवक्ता हुमबहादुर केसीले भने, ‘कानुन मन्त्रालयले अहिलेसम्म १ सय ७६ विधेयक फागुन २१ गतेभित्र पारित गर्नुपर्ने भनेर ठम्माएको छ,’ उनले भने, ‘सबै विधेयक संसदमा पुगेका छन्, पारित गर्ने काम संसद्को हो ।’
नागरिकबाट

Skip This
Skip This
Logo