सामूहिक बलात्कार मुद्दामा अदालतको आदेश : डीएनए नमिल्दैमा बलात्कार होइन भन्न नमिल्ने

सामूहिक बलात्कार मुद्दामा अदालतको आदेश : डीएनए नमिल्दैमा बलात्कार होइन भन्न नमिल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ललितपुरमा भएको सामूहिक बलात्कार मुद्दामा डीएनए नमिलेकै आधारमा बलात्कार होइन भन्न नमिल्ने फैसला अदालतले गरेको छ । ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २ मंसिर ०७४ मा भएको सामूहिक बलात्कार घटनाको मुद्दामा डीएनए नमिलेकै कारण पीडकलाई छुट दिन नमिल्ने फैसला जिल्ला अदालत ललितपुरले गरेको छ ।

जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरीको घटनामा समेत दोषी ठहर र ‘जबर्जस्ती करणी’ भनिने बलात्कारको घटनामा पाँच वर्षका दरले कैद फैसला भएकामा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय थपी १०–१० वर्षको कैद किटान गरेको छ । उनीहरूमाथि १÷१ लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ ।

युवतीको ३ हजारसमेत चोरी भएकाले त्यसमा पनि उनीहरूलाई दोषी ठहर गरिएको छ । ३ हजार रुपैयाँ दामासाहीका हिसाबले पीडितलाई बुझाउन फैसलामा भनिएको छ ।
राजधानीबाट

Logo