रामघाटमा अस्ताए मन्त्री अधिकारी, श्रीमती र छोराहरुले दिए दागवत्ति

रामघाटमा अस्ताए मन्त्री अधिकारी, श्रीमती र छोराहरुले दिए दागवत्ति

केन्द्रबिन्दु
0
Shares

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ रामघाटमा अन्त्येष्टि गरिएको हो ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको पोखरा प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । त्यसपछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

उनको शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका थिए । नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले थार्थिव शरीरमा ओढाएर सम्‍मान व्‍यक्त गरेका थिए।

अधिकारीको काजकिरिया ७ दिनमा सकिने परिवार स्रोतले जनाएको छ । उनको काजकिरिया पोखरा मालेपाटनस्थित घरमा हुनेछ । मन्त्री अधिकारी धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएका थिए । उनी काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राख्थ्ये ।

त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको हो । अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।

Skip This
Skip This
Logo