काठमाडौँ
विहिबार अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाई मन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्थामा सुधार आएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उहाँका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनु भएको छ । यद्यपी आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुंगो लाग्ने उहाँले बताउनुभयो ।





























प्रतिक्रिया